के निमुखाहरु बोल्न सक्छन्?
के बोल्न सकेपछि ती निमुखा रहन्छन्?
भीम ठटाल
निमुखाहरू
नबोल्ने होइनन्
नबोलेका पनि होइनन्
निमुखाहरुका आवाजहरू सुनिने तरङ्गसम्म नपुग्नाले
नसुनिनाले तरङ्ग नामिल्नेका आवाजहरू
जब तरङ्गको प्रतिनिधित्व गर्छन्
तब निशब्द निरीह स्वरहरू
भन्न पर्ने कुराहरूबाट किनारीकृत हुन्छन्!
कोहि कसैको अधिनस्थ कैल्यै छैन
अधिनस्थ हुनु आवाज हुनेहरूको स्वभाव पनि होइन
आवाज गरी गरी चिच्च्याई चिच्च्याई
आफु थिचिएको कुरा गर्नसक्नु अनि कुरा गर्नु
थिचिनुबाट उठिसकेको प्रमाण भएपछि
निमुखा हुने त कुरै आएन!
मेरो गाउँ ऐले पुरै टेक्निकल भैसकेको छ
मेरा गीतहरू अंकित भैसकेका छन्
मेरा कविताहरू अनलाइन भैसकेका छन्
मेरा तरङ्ग विश्वका हरेक तक्निकिसँग एकाकार
भैसकेका
छन्
मजस्ताहरुको हाम्रो गाउँ
ऐले एवेरेस्टजस्तो अग्लो र मरियानाजस्तो गहिरो
भैसकेको
छ!
तेसैले,
मलाई अत्ति नै
गर्यो
मलाई गर्नु नगर्नु गर्यो
मेरो केहि चलेन,
म त लौ
भन्दै सिरकभित्र मुख लुकाई रोए पनि केहि क्षणमै
जुरुक्क उठेर स्वाभिमानको रक्षार्थ जाइलाग्ने
मेरो समुदाय अमेरिकी चिया श्रमिकभन्दा निम्न
थिएन
पौरुषताका लागि नेपोलियनले पनि बोलेको हाम्रा
मर्दहरुको
अवस्था
रूसमा क्रान्तिका समय रोटीको लाइनमा उभिनेको
भन्दा
खस्केको कैले थिएन
हातका घाउ माटोले लिपेर जाति पर्ने हाम्रा बाबुहरूको
स्तर
अफ्रिकी मजदूरको भन्दा तल थिएन!
हामी बोलिरहेका छौँ
मागिरहेका छौँ
उठिरहेका छौँ
हावामै भए पनि मुट्ठी उठाइरहेका छौँ
हामी त आन्दोलन गर्छौं
आफु अनि आफ्ना ससाना स्कूले नानीहरूसमेत
भोक हड्तालमा बस्छौं !
बोले पछि हाम्रो आवाज अरुले नसुन्ने पक्कै होइन
पहरा,खहरा,
मरु,
समुद्र,
धर्तीको वल्लो
छेउदेखि पल्लो
छेउसम्म
जब मेरो आवाज
पुग्छ, जब
म मेरालागि मै बोल्छु
निमुखा त म हुँदै होइन!
प्रिय बन्धु हो!
म त खोलामा गीत गाउने होइन
म त किनारमा बसेर रुने होइन
अनि अन्यपुरुष सर्वनाम मेरो आवाज हुन पनि
सक्दैन
मेरो रोजाइको बँचाइ र म हुनु नहुनुको तर्क चडेर
कोहि मलाई निमुखा,
किनारीकृत भन्छ
भने
मेरो त क्रान्ति त्यहींबाट सुरु हुन्छ ठुलो स्वरैमा!
दुई कविता
प्रेमका आद्याक्षर
सुधा एम. राई

वृद्धा
सुर्पणखाले
आफ्नो अर्धनग्न तन
ड्रेसिङ ऐनासामु हेरिन्
ताछिएको नाक,
ओंठ र
छाती तब
सुम्सुमाउँदै मुसुक्क
हाँसिन्।
प्रेम पात्र!
को हौं ठूला?
कर्तव्यको पहाड उक्लिने
शब्दशिखर
राम या
प्रेमको यातनामा लत्पत्
वर्णाक्षर
सूर्पणखा??
कारण यतिखेर पनि
त्यही विकीर्ण मायाको
ओजस्वी फैलावटमा
अजस्र र असीमित छु।
पक्कै पनि
तिमीले
कहिल्यै दत्तचित्त भई
नियालेनौ या
फक्रँदै गरेको फूल र
त्यसको सुगन्ध,
ठिटोको घोर्ले स्वर र
उसको कुखुरे बैंस,
गालामा गुलाबी रङ्ग घट्दै
गएकी ठिटी
उसको लज्जा र मुस्कान,
आग्रही पृथ्वीको नग्न छाती
मायाको सान्निध्यमा नुहेको
आकाश
अनि ऋतुहरू।
दशरथ पुत्र!
तिमीले
प्रेमोत्कर्षको जीवन पलबाट
पलायन हुन
कमलको फूल टिप्न
हनुमानलाई हुकुम छाँटेका
थियौ
सुनको मृग पक्रन
आफ्ना भाइलाई अह्राएका थियौ
तर तिम्रा यही चूकले
म सोच्छु कहिले
सीताका रक्षक भएर
अहर्निश लक्ष्मण
कतै अज्ञात प्रेमकै
प्रयुक्ति त थिएनन् के
त्यो निकटतम दूरी?
अहो होस्।
यी घाउखत त हजुरकै हुन्
यसर्थ
दशरथ पुत्र!
बाँचिरहुँला सुम्सुम्याएर
प्रेमका
यी आद्याक्षर।
पलायन
उच्चाटलाग्दो
ठिहीबाट बाँच्न
दुई - तीन सर्को बिंडी
तानेर
मनले
'लेऊ,
तिमी पनि
जाडो कम हुन्छ।'
छेउमा अडेसिएको अक्षरको
हातमा थमायो।
गाउँ, जसले
म कहिल्यै सद्दाम चिन्यो, न
जर्ज बुश
न बिन लादेन, न ट्रेड
सेन्टर
न अल - कायदा, न देशद्रोही
न प्रधानमन्त्री, न आफ्नै
क्षेत्रका विधायक।
गाउँ,
आखिर कति निश्चल छ।
अचानक एक दिन
प्राकृतिक प्रकोपमा
ध्वस्त हुन्छ
कोमल र शान्त गाउँ।
अनि, रातारात
टी.भी. च्यानल, रेडियो र
पत्र - पत्रिकाका
सचेत अक्षरहरू तैंछाड -
मैंछाड गर्दै
यो गाउँमा घुसेर
गाउँका वीभत्स फोटो
खिँच्छन् अनि
गाउँका खबर
देश - विदेश पुऱ्याउँछन्।
सुदूर राजधानी देशको
संसदमा गाउँकै निम्ति
आकस्मिक बैठक डाकेर
अतिरिक्त बजेट पास गर्छ
गाउँ, जसले कहिल्यै नदेखेको
- देख्छ
कहिल्यै नखाएको - खान्छ
कहिल्यै नलाएको - लाउँछ
कहिल्यै नचढेको - चढ्छ
कहिल्यै नगरेको - गर्छ।
गाउँ, आजकल
कति व्यस्त छ।
यसरी, समयका सचेत अक्षरहरू
विवेकका पाउहरूद्वारा
यो गाउँमा ठम् - ठम् ङिँड्न
थालेपछि
त्यो स्वप्निल युगलप्रेमी
अपहृत बन्छ।
तब, अक्षरले मनको छातीमा
अढेसिएर
हिक्का छाड्दै रुन्छ -
सम्वेदना, सहनशीलता,
सौहार्द,
विश्वास, शान्ति, प्रेम,
मुस्कान, साइनो,
संस्कृति, परम्परा,
परोपकार, धर्म,
नीति यस्ता कति मित्रहरू
गुमायौं।
अब के रह्यो र
हाम्रो यो गाउँमा?
मनले धैर्यता हरायो र
अक्षरलाई साथमा लिएर
आफ्नै गाउँबाट पलायन हुन्छ।
भन्छन् कोही,
एकरात शहरमा
आफ्नै गाउँको सहयोगार्थ
लगाइएको विशाल होर्डिङमुनि
खाली सिरिञ्ज, बोतल, बट्टा,
पोलिथिन,
कन्डोम, फाटेका लुगा र
मैलाका थुप्रामाथि
आश्रित थिए रे।
थाहा छैन
त्यहाँदेखि कता गए
ती द्वय।
(जनवरी 2012)
(दुई कविता)
रियालिटी शोसँग साक्षात्कार
भीम ठटाल
रोग अनि भोकग्रस्त नानीहरू सडकछेऊ मर्दैछन्
सिने स्टार अनि सुपर स्टारका यिनीहरूलाई बचाउने च्यारिटी
कसमसँगै
रोग अनि भोकग्रस्त सडकछेऊ मर्दैछन्।
समयले सबै कुराहरूको खेती गरेको छ।
आफ्नो भविष्य सुरक्षित पार्न हाम्रा सन्तानहरूले
इज्ज्त, सम्मान अनि हुनुका अर्थबोधहरू
आफ्ना संस्कारको बारीबाट गोडेर फ्याँकिसकेका छन्।
टि.भि. - का सेलिब्रेटीहरू गरीब उत्थानका कसम खान्छन्
अनि आफ्ना मीडिया आँखाका विज्ञापन आँसुहरू नसुक्दै
तिनका कर्तव्यबोधका गोहीहरू रैम्पमा फेसन शो गर्छन्
अनि गरीबीका गोहीहरू भने
दिंउँसै गल्लीमा हाम्रा बच्चाहरू निल्छन्।
समानता मदिरा हो भने यसलाई पिउन हाम्रा पिंढीहरू
आमा - बाबुहरू तल कतै तलसम्म पनि नदेखिने गरी उठ्न सक्छन्
आफुले आवेदनपत्र दिएर होइन अपितु हाम्रै रहरले जन्मेका हुनाले
यिनीहरूका कतिपय प्रश्न होलान् जस्तै:
किन बच्चाहरू बार नबिराई
खाडलमा खस्छन्?
किन भ्रूणहरू डस्टबिनमा फ्याँकिन्छन्?
किन नानीका हड्डीहरू नालीमा भेटिन्छन्?
किन दिन नबिराई रेल पल्टिन्छन्?
किन शिक्षा र विवेक व्यापार बन्छन्?
किन मन्त्रीहरू विभागसँग असन्तुष्ट हुव्छन्?
किन रियालिटी शोहरू अनरियल?
दुख्छ सधैँ आफ्नो ए पोजिटिभ रगत
देशको राजधानीको ठूलो अस्पतालमा
एस.एम.एस. गरेर पठाउन नसक्दा
अनि रगतले जर्जर युद्धले आक्रान्त
रक्ताम्मै सहरमा
रगत नपाएर एउटा बालक मर्दा।
लाग्छ सायद अति नै भयो
कुनै मोर्चाको दवाबमा पानीमाथि राजनीति
र म्युनिसिप्यालिटीको आग्रह
स्वतन्त्रता समारोहमा आत्मघाती हमला
अति भयो।
भवनको बन्दकीमा आँसुको व्यापारका शोहरू
अन्तराष्ट्रिय वार्ताहरूमा छिनो - फानो
हुन नसकेका हाम्रा मुद्धाहरूको
टि.भि. - ले कति सरल समाधान
निकालिदिन्छन्।
अनि कति सफलतापूर्वक जनमानसको विश्वास
जित्छन्
र थाँतीमा आवश्यकता थन्यक्याएर युवतीहरू
कैल्यै नदेखे निर्णायकलाई बिहेको
प्रस्ताव दिन्छन्।
सायद समय आएको हो अब
विद्वानहरूले वनवास जानुपर्ने
विवेकहरूले वनवास जानुपर्ने।।
ब्यूरोक्रेसी र कविता
कागहरू सभामा बसेका छन्
बनिँदै
गएको अटव्य भवनका छडहरूमा
आफु बसेको छड हल्लाउँदै
कुनै ठोस मुद्धाबिनै
आ - आफ्नै मात्र नाम उच्चारण गर्दै
कागहरू सभामा बसेका छन्।
तल गल्लीबाट
मेरो बाबु लौरो टेक्दै
जाँदैछ्
उसले आफु गलेको बेला
आमासँग सम्भोग गरेर छोरो जन्मायो
अनि जीवनमा
आफ्ना अङ्गहरू नतङ्ग्रिकन त्यो अहिले बूढो भयो।
जस्तै
असम्भवबाट पनि सहजै 'अ'
निकालिदिनसक्ने
आफ्नो
ब्यूरोक्र्याट छोरोभन्दा
आफ्नै
हातमा जतिनै बेला पनि समाइने
लौरो उसलाई
धेर भरिलो छ।
उसले आज
पनि कपाल कटाएन।
प्रकृति
पर्याप्त छ
काँचुली
फेर्न नपाएको अनि अघाउँजी खाना नपाएको
मैले तामाङ
खोलाको प्रकोप
पैह्रोको
सन्त्रास, हरेक वर्ष घर बगाइमाग्नु
तर पनि
उसका लागि प्रशासनमा राहत रकमसम्म नहुनु पुग्छ
मन्त्रीका
घरमा फूलबारीको देवल लगाउन
राहत रकम
डाइवर्ट भएजस्तो
तेत्रो
फराकिलो मैदान हुँदा हुँदै पनि खोलाको पानी
मैते
तामाङकै बारीतिर डाइवर्ट भएपछि
ब्युरोक्रेसीमा कविताभन्दै अरू केको विकास हुन्छ र!
कार्यालय
त्यही हो
नमस्ते
गर्दा टाउको कन्याउँदै
आफैले
तिरेको करले रकमबाट तलब खाने अमिन र आर.ओ. - अघि
जिन्दगीभरिको कमाइको एक चौथाई घूस र तीन चौताई दाम हालेर
मेरो लुलो
बाबुले जमिन पञ्जीकृत गरेको भन्छन्।
परिवर्तन
हुन्छ पक्का हो
योभन्दा
अकाट्य सत्य अर्को छैन।
त्यही
कार्यालयको सर्वोच्च ओहोदामा मा पनि बसेकै हो
अशिक्षितहरू आज पनि छन्
अज्ञानीहरू
आज पनि छन्
निमुखाहरू
आज पनि छन्
अशिक्षितहरू, अज्ञानीहरू, लुलाहरू, निमुखाहरू
आज पनि
जिन्दगीभरिको कमाइको एक चौथाई घूस र तीन चौथाई दाम हालेर
विद्युत,
दवाई, भिआइपी साइटलाई बाँडेर उबेको
बाँदर अडिन
नसक्ने जमिन पञ्जीकृत गर्न आउने गर्छन्।
छेउमा एउटा
मान्छे आफ्नो घर भत्काउँदैछ
सरकारी
सडकको नाली भत्केर छिरेको पानीले घर भत्केको हो उसको
जिल्ला
प्रशासनले समयमै घर लड़ादिएन।
एस.डी.एम.
- लाई उजुर पनि गरेको हो
तर
प्रशासनभन्दा पैह्रो नै पैले आउला
अनि थिचिएर
सपना र साँपे छोरी मर्ली भनेर
घर आफै
भत्काउँदैछ।
कागहरू
सभामा बसेका छन्
बनिँदै
गरेको अटव्य भवनका छडहरू
आफु बसेको
छड हल्लाउँदै
कुनै ठोस
मुद्धाबिनै
आ - आफ्नै
मात्र नाम उच्चारण गर्दै
कागहरू
सभामा बसेका छन्।
सायद कुनै
फसेला हुन्छ
अनि त्यो
मेरो बाबुले यो हप्ता कपाल कटाउँछ
अनि
एस.डी.एम. - ले भित्रको मान्छे जगाएर
उसको
उजुरमाथि विचार गर्छ
सायद
मान्छेहरूले नयाँ घर बनाउँछन्।
(दिसम्बर
2011)
घर, भूकम्प अनि राजनीति
भीम ठटाल
भूकम्प
अति सत्य हो
अनि भूकम्प आउनु झन सत्य हो
- मृत्युजस्तै।
भूमिले जब आफूभित्र अतिशय
ताप अनि आक्रोश बोकेको हुन्छ
फुटेर सुन्दर फूल फुलेजस्तै
भूगर्भमा हुने रति -
क्रीडापछि
आनन्दको तरङ्ग निस्कनैपर्छ
अनि हरेक प्राकृतिक
क्रीडापछि भूकम्प त आउँछै आउँछ।
घरहरू जो तरङ्ग सहन सक्छन्
कस्तै परे पनि उभिरहन्छन्
जो सक्दैनन् ती हल्का
हावामा पनि ढल्छन्।
घर सरकारको रकमले बनिन्न
घर मन्त्रीको कसमले बनिन्न
घर भाषणको आश्वासनले
बनिन्न।
घरले पो सरकार बनाउँछ
घरमा पो कसमहरू हालिन्छन्
घर कैले पनि राजनीतिको
आयतनभित्र समेटिन सकेको छैन
राजनीतिमा राम हुँ भन्नेले
पनि समेट्न सक्दैन
कसैले पनि समेट्न सक्दैन।
घरभित्र मतदाता बस्छन्
मत, विचार, राजनीति र झण्डा
समयमा अँटाएर बसेका
हुन्छन्।
भवनहरू बनिनुपर्छ
अनि भवनहरूमा बिहे भएपछि
सन्तान जन्मिपछि
कति दशैं र तिहार सँगै
मनाएपछि
कति प्रियजनका लाशलाई
आँसुले धोएर बिदा गरेपछि
त्यो भवन कतै गएर घर
बनिन्छ।
भवनहरू घर हुनलाई भवनले
मान्छेका आवश्यकताभन्दा
माथि उठ्नु हुँदैन
लोभले होइन श्रमले बनेका
भवनहरू घर भनिन्छन्।
घर लड्नुको राजनीतिसँग के
सम्बन्ध हुन्छ?
घरहरू समाजमा राजनीति
स्थापित हुनुभन्दा पैले पनि लडेकै हुन्
पछि पनि लडेकै हुन्।
अनि पछि पनि लड्ने नै हुन्।
घरहरू लडेर पनि बनिन्छन्,
बनेकै हुन्।
घरहरू मिलेर कत्रो राजनीति
लडाउँछ
तर राजनीतिले घर लडाउंदैन।
घर मात्र एउटा यस्तो आश्रय
हो
जसको लागि मान्छेले
राजनीतिमा आश्रित हुनु परेको छैन।
यस्तै घर मेरो पनि गाउँमा
थियो।
यसरी नै त्यो पनि लड्यो
तर त्यहाँ राजनीति र
भाषणभन्दा पैले छिमेकीहरू पुगे।
घरहरू आफै बनिनुपर्छ,
अनिमात्र घर आफ्नो हुने
हुन्छ।
घर लडेको खण्डहरमा
राजनीतिज्ञहरूको नजर पर्दैन
राजनीति त जिउँदो,
कलकलाउँदो, लह लह हुर्कोका घरहरूमा हुन्छ
घरहरूमा हुन्छ
घरहरूको हुन्छ
घरहरू लिएर हुन्छ
घरहरूको लागि हुन्छ।
घरहरू अग्लो होइन
तर राजनीति र भाषण, राहत
रकम र आश्वासन
यी सबैभन्दा अग्लो हुनुपर्छ
अनि पो जस्तै भूकम्पमा पनि
अटव्य, गौरवशाली,
अविच्छिन्न, अटूट खडा रहन्छन्।
घर भुइँमा सुरु भएर
आकाशतर्फ होइन मनसम्म उठ्नुपर्छ
अनि मन चाहिँ राहत, भाषण,
राजनीति र प्रशासनभन्दा
माथि माथि उठ्नुपर्छ।
घरहरू लडेछन् तर लड्दैमा
बनाउन छोड्नुहुन्न
भवनहरू थौरै अनि घरहरू धेरै
बनिरहनुपर्छ।
(नोभेम्बर 2011)
खाँडो जगाउने
।। कवित्त।।
।। श्री गणेशाय नम:।।
अथ
खाँडो जगाउने
प्रारम्भ:
श्री 3 प्रतापी महाराजा
मन्त्री सर जंगबहादुर के फौज के फौज यो भोट के निकट में कोशी
के तीर में सब लस्कर चले जी धन्य धन्य मन्त्री संग्राम में
बहादुर श्री राणा जी के वंश के रत्न श्री समशेर धर्म शरीर
भक्त, वीर के प्रताप से, पूर्व, पश्चिम, उत्तर, दक्षिण, भोट,
मोगलान, दिल्ली किल्ला, कांगडा, लङ्का, पलङ्गा, शिलाङ का,
नागा, घोरमुखा का देश में चलते हैं। कौन कौन पल्टन चले?
आगे श्रीनाथ तले, राजदल चले, कैम्प तले, देवीदत्त चले,
वज्रबहादुर, काली बहादुर, श्री महीन्द्र दल, रामदल, भैरवनाथ,
जगन्नाथ दल, श्री काली दल। ऐसे ऐसे पल्टन चले, जर्णेल कर्णेल
चले, कप्तान चले, सुवेदार, जमादार, हवल्दार, हुद्दा सिपाही
चले। रैफल पल्टन भये तयारी, तासा, गुर्जा, नगरा, निशान, भेरी
आदि गर्जन लागे। फेरि दिशा विदिशा, पृथ्वी कम्प करते भये बड़ी
तयारी से चले हैं। श्री 3 महाराज मन्त्री सर जङ्ग बहादुर के
सवारी होने का बखत है। ताजी, तुर्की, बैल, अबलख, तुरङ्ग,
सुरङ्ग, मुस्की, चिनियाँ भोटे, टागन्। ऐसे घोड़ा चलते हैं।
धरती धकेल, पहरा ठेल, वैरी के निकट पहुँचे। रख काँधे बन्दूक,
पोस्तान झलकते थे। कहे कबीर सुनो भाई साधु श्री श्री श्री मल्ल
महाराज की सवारी दूत रानी के डोला में चलते हैं। मुलुक मुलुक
थरकन लागे हैं। कामदारी काजी, पीपा, खलासी, केटी, सुमारे बैठके
चलते हैं। रामदारी, जामदारी, कृशोदरी, अल्लन परी, हुश्न परी,
सूर्यमती, चन्द्रावती, विष्णुमाया, शिवमाया, बागमती, सरस्वती,
लालवदना, श्यामवदना, राम -वदना, कृष्णवदना, अनङ्गवदना,
भीमवदना, रत्नवदना, मदनवदना, चन्द्रवदना, विशालवदना, कमल -
शोभा ऐसी ऐसी चलती हैं। लाल झपनीका फुँदा लरकन लारे। हीरा -
मोती झलकन लागे। मूगा, पुष्पराज र नवरत्न टल्कन लागे। झम्का
गढीका भोटे थर्कन लागे। गोर्खाली जती सर्कन लागे। चीन, कोचीन,
महाचीन, लालचीन, लाहोर, दिल्ली देश पेशावर थर्कन लागे।
शीशा गोला, बम् गोला ऊपर वर्षन लागे हैं। कौन कौन तोप चले?
- - लाली तोप, काली तोप, भैरव तोप, फलामे आठ फन्नी, दस फन्नी
बाह्र फन्नी ऐसे ऐले तोप चले हैं। श्री 3 मन्त्री महाराज सर
जङ्गबहादुर ने लखनऊ, लाहोर, दिल्ली में देश विदेश में आप्ना
सिपाही फिराउन लागे। पर्रा गोली, छुरी कटारी, चुप्पी, च्यापसा,
खुँडा, ढाल, तरवार, खुकुरी वर्षन लागे। शत्रुको सेना तर्सन
लागे। श्री पशुपतिनाथ र श्री गुह्यकालीसँग जीतबाजी मागे। उँधो
गङ्गाको साँध लगाई उँभो महाचीन मारी तिष्ठा माँग नमोन्नम।
खाँडो पशाली लोहासुर पारस गोत्रमा शिव क्षेत्री श्री 5
महाराजाधिराज सुरेन्द्रवीर विक्रम शाह बहादुर देवानाम् सदा समर
विजयीनाम - को खांडो जाग्यो। श्री 5 मन् महाराजाधिराजका सिपाही
शूरा औ लड़नका पूरा उँभो मध्येश, काशी का कूच विहार लाहोर
दिल्ली वेलायतको साँध लगाई 12 हजार वैरीको टाउकामा खुँडाले
ठ्याक् ठ्याक्। उत्तर चीन, कोचीन, महाचीन, पेचीन। दक्षिण रोम,
श्याम। पूर्व वत्तल बखान। यो चार दिशा सात द्वीप नवखण्ड
सिह्रान तथा सिक्ख नवाब आदि र गाउँ दिशा विदिशा अरू घोरमुखा का
देश में तलते हैं और फेरि नेपाल देश जाई श्रीपशुपति श्री
गुह्येश्वरी तथा गोरखनाथ र मत्येन्द्रनाथ तथा भैरवनाथ दक्षिण
कालिका, वज्र योगिनी, चारु नारायण, नवदुर्गा नारायण, नवदुर्गा
भवानीका शरण पाई है। माना सुरसानी खुकुरी, छुरा, कटारी, पत्थर
गोली, तीर कमानी, खूबतलब, पेस्तबल, मार्तवल, वज्र बाण, वायु
बाण, पर्वत बाण लगाते। वैरी न छाडे प्राण बल जल बाण फर्सा बाण
अर्नि ढाल तलवार देखे झिलिक झिलिक भागे। सारी मुसलमान कम्बर
तोसदान। टोडे पगडी बाँधे मिलिक तोडा बाज्ये बिगुल खोले घोडा
मारे कोडा, ज्यान की आस छोडा खाता है सत्तू थोडा कौन पूछे जोडा
दमकी दम दम नगरा बाजे।
फौज समाज साजे। श्री पशुपतिनाथ श्री गुह्येश्वरी श्री दुर्गा
भवानी देवी से विजय मागे। श्री 3 महाराजाधिराज श्री सुरेन्द्र
वीर विक्रम शाह बहादुर देवनाम सदा समर विजयी नाम। श्री 3
महाराज मन्त्री सर जङ्गबहादुर राणाका प्रताप से भोट र लखनऊका
वैरी भागे। सात द्वीप नवखण्डमा यश गाउन लागे। चर चोरी पहरा सब
भारी भयो। देश झारी फत्ये फत्ये। स्वस्ति श्री गिरिराज
चक्रचूडामणि नर नारायण इत्यादि विविध विरुदावली विराजमान
मानोन्नत श्री श्री श्री श्री श्री श्रीमन् महाराजाधिराज श्री
पृथ्वीनारायण शाह सिंह प्रताप शाह रणबहादुर शाह गीर्वाण
युद्धविक्रम शाह राजेन्द्र विक्रम शाह सुरेन्द्र विक्रम शाह
त्रैलोक्य विक्रम शाह पृथ्वी वीरविक्रम शाह त्रिभुवन वीर
विक्रम प्रतापी पञ्यायत पद्धति द्वारा शासन गर्ने पूँजीपतिको
विलासता र गरीबको गरीबी हर्ने शिक्षा प्रचारक उच्च विचारक
अत्याचारका नाशक छत्तीस सय ग्राम - पञ्चायत र पचहत्तर विकास
जिल्ला - मेची, कोशी, सगरमाथा, जनकपुर, वाग्मती, गण्डकी,
नारायणी, धौलागिरि, राप्ती, लुम्बिनी, कर्नाली, भेरी, सेती,
महाकाली - यी चौध अञ्चलका विभक्ता, आदर्श शासनकर्ता देश -
विदेश सर्वत्र भ्रमण गरेका समस्त राष्ट्रसँग मित्रताको गाँठा
जोडेका महाप्रतापी शान्तिका अग्रदूत, देशद्रेहीको लागि भयंकर
भूत, सारा प्रजालाई शिक्षा दिलाउन मरिमेट्ने सयकडौं पाठशाला
कैम्पस स्थापना गर्ने अति ओजस्वी श्री महेन्द्र वीरविक्रम शाह
देवका सुपुत्र श्री वीरेन्द्र वीरविक्रम शाह देवको खाँडो
जाग्यो, वैरीका थाप्लामा तरवारको मार लाग्यो।।
।।समाप्त।।
नोभेम्बर 2011
फुर्सत छ:
फुर्सत छैन
गोपीनारायण प्रधान
मान्छेलाई
अर्कालाई खिसी गर्ने; निन्दा गर्ने
फुर्सत छ
मान्छेलाई अर्काको खुट्टा
तान्ने फुर्सत छ
अर्कालाई बेइज्जत गर्ने
फुर्सत छ
बाटोमा काँडा राख्ने,
अर्काको घरमा
आगो लगाउने फुर्सत छ
नराम्रो कामका लागि जहिले
पनि फुर्सत छ
यहाँ मान्छेलाई गर्नैपर्ने
काम गर्ने फुर्सत छैन
राम्रो काम गर्ने फुर्सत
छैन
कसैलाई मदत गरूँ भन्ने
फुर्सत छैन
घुम्न जाने फुर्सत छ:
रोगीलाई हेर्नु फुर्सत छैन
बिहेमा जाने फुर्सत छ:
मरेकोमा जाने फुर्सत छैन
पार्टीमा जाने फुर्सत छ:
मलामी जाने फुर्सत छैन।
(अक्टूबर 2011)
अनुभव
लोकनाथ उपाध्याय चापागाईं
तिम्रो
दिव्य पुरस्कारको रूपमा
यो पृथ्वीमा
मैले सबैथोक पाएँ
यदि गुमाउनु नै पाउनु हो भने।
यो संसारको विचित्रतामा
एक छिन त म
त्यसै अल्मलिएँ,
लक्ष्य नै थाहा नभए के गर्नु।
दैवको कुटिल चक्रमा ठगिएर
म आजसम्म
त्यसै भौंतारिएँ,
परिश्रमको सार्थक फल नपाउँदा।
आफन्तहरूको वियोगमा
मैले धेरै - धेरै आँसु खसाएँ
तर आफन्तहरूमा नै
आत्मीयता नभए के लाग्छ र!
तर त्यो सबै तिम्रै परीक्षा त हैन,
किनभने
मेरो हृदयको अनुभव यही नै छ
मैले यसरी नै चित्त बुझाउनु छ।।
सितम्बर 2011
तीन कविता
मैले रोएको मन
पूर्ण योञ्जन
धेरै
मृत्युमध्ये
मेरो आत्मीयको मृत्यु
मैले काखभरि ठिम्याएको छु।
आँखाभरि सुन्म्याएको छु।
छामेकोछु रित्तै चिस्याइहरू मुटुभरि।
भोगेकोछु यही जन्ममा
तीता आस्थाहीन मृत्युहरू।
रात र दिन:
क्यालेण्डरमा अङ्कित अङ्कहरू
कतै पहिरोले भत्कायो कि!
कालको गति अञ्जुलिबाट
रित्याएर मृगतृष्णा चुहायो कि!
मन मैले रोएको छु।।
अन्तिम अध्याय
मेरो यो
अन्तिम अध्याय
आफ्नोपनको आफ्नो सबै
सतर्क सम्पूर्ण इन्द्रियहरू
उफ्रन खोज्छन् बुरुक्क - बुरुक्क
हताशा र हतारहरू
लड्न खोज्छन् एकै सासमा
आकाश छुने अट्टहासहरू
प्रलयजस्तै आँधीको प्रहारबीच छु म।
बिना रङ्गका सपनाहरू तुहाएर
हतारिन्छु परिचय बाँट्न अन्तरिक्षमा म
रित्तो आस्थाको ऐंठन पर्छु म।
अधुरो कथाको भूमिका
गाँस्दा - गाँस्दै
जीवन गीतको अन्तरा
गाउँदा - गाउँदै
स्वीकार्दछु मेरो यो अन्तिम अध्याय।।
निमुखा
मन्दिरमा गजुर छँदैछ हजुर
मलिन मुहार माग्छन् पैंचो गुहार।।
जमाना
सिंढीले सङ्गीत जगतमा अवतार लिएपछि
बाक्कै बसेछ बिचरा टेपरिकार्डर।।
दृष्टि
कसैलाई सेतो परेवा
कसैलाई खैरो काग
सुकेको हाँगा बुढो रूखको।।
सितम्बर 2011
काँड़ाहरू मासिदिएर के बिराएँ
वीरभद्र
कार्कीढोली
मैले
काँडाहरू मासिदिएर के बिराएँ
काँड़ाहरू विषालु हुंदैनन्
भनेर
कसले भन्नसक्छ। फेरि
रिसाएका छन्। धेर फूलहरू
मसित
भन काँड़ाहरूको संरक्षणमा
जीवित फूलहरू
कुन कुन काँड़ाहरूले
कुन कुन फूलको सुरक्षा गर्न
सकेको छ?
विषालु छैनन्। हत्केलाहरू
औंलाहरू यी
मैले काँड़ाहरू मासिदिएर के
बिराएँ?
ऋतुहरू मासिदिएको छैन।
डालाहरू पनि यौटै भाँचिएको
छैन।
फूलहरू कोपिलैमा चुँड़िएका
छैनन्। कुन्नै
मैले काँड़ाहरू मासिदिएर के
बिराएँ?
काँड़ाहरू फेरि नपलाउने पनि
होइन
काँड़ाहरू मास्दा फूलहरू
मासिने पनि होइन।
काँड़ाहरू मास्दा ती फूलहरू
छोइपठाएँ त के बिराएँ?
हत्केलाहरू यी मेरा
दूषित, दुर्गन्धित पनि
छैनन्।
यी औंलाहरू काँड़ाहरू झैं
ती
घातक र विषालु पनि छैनन्।
काँड़ाहरू काँड़ाहरू नै
हुन्
कुन काँड़ाले कुन फूलको!
कुन फलको!!
सुरक्षा गर्नसकेको प्रमाण
खै कहाँ छ देखाऊ मलाई
अनि दुनियाँको कुनै बागले
फूलले, मालीले र ऋतुले
काँड़ाहरू मास्ने हातहरूलाई
अपराधी घोषित गरेको पनि
छैन।
भन काँड़ा संरक्षित फूलहरू,
फलहरू
मैले काँड़ाहरू मासिदिएर के
बिराएँ?
सितम्बर 2011
बीज
सञ्जय बान्तवा
यो
चित्रमा
एक वृक्षले भन्यो -
हे ईश्वर!
मलाई एउटा मात्र एउटा,
प्रत्येक समयमा बीज देऊ
म आफ्नो फेदमा धरतीलाई
रोमाञ्च दिनेछु।
प्रत्येक क्षण बद्लिहिंड्ने
अन्तरिक्षको चित्रमा
अमोल कलाको रङ्ग दिनेछु,
मात्र मलाई मेरो एउटा बीज
देऊ
मलाई धरतीको कोमल अङ्गमा
एक एकपल स्पर्शको भ्रूण
अनुभव गर्नदेऊ।
मात्र बीज चाहन्छु म।
(शब्ददाह 2002 बाट)
- अगस्त 2011
जब अन्तहीन आकाशमा मरुभूमि
पाउँछु
सुकान्त राई नामदुंग (1983
- 2011)
जब
अन्तहीन आकाशमा मरुभूमि पाउँछु
लाग्छ सयकडौं वर्षको बञ्जर धरतीलाई
नयाँ हरियो साडी र कंगन दिइरहेछु
जब कालो बादल, घृणाले होइन
जीवनको मेघदूत सम्झन्छु
फेरि आफैले वर्तमानलाई पराकाष्ठामा
पुऱ्याए
झैं लाग्छ
जब बाहिर हाँसेर, भित्र रुन्छु
आफूले आफूलाई ढाँटे झैं लाग्छ
यसैले म मौन रहन्छु, चुप लाग्छु।
मेरो मौनताको सागरभित्र
के लुकेको छ
सल्किरहेको आगो, मुटुको ढुकढुकी होइन
वेगले बगिरहेको पानी जसले दिमागमा
भुँवरीको जाल बुन्छ
विचार र भावनाको द्वन्द्वमा म सधैँ
पराजित हुन्छु।
आदत लागे झैं लाग्छ
यी सबैको, रिसलाई श्वासको क्षणिकताले
शान्त गर्छु
तर होइन, म फेरि पराजित हुन्छु।
काँडाले भरिएको जीवनमा
रगतले रङ्रिएका पाइलाहरू
सधैँ यो बाटोमा घिसारी
एउटा जिउँदो मानिसको परिभाषा
आफूलाई प्रदान गरी
फेरि त्यही पापी संसारमा
रुमलिन पुग्छु
आँधी - बेह्री सहेर फेरि
मेरो अस्ताचलमा सूर्य र शशि
हाँसिदिन्छन्
तर फेरि यसको उपरान्त
त्यही सागरमा आफूलाई होमिदिन्छु।
(अक्षय स्मृति - सुकान्त
राई नामदुंग स्मृति ग्रन्थ,2011 - बाट साभार) -
जुलाई 2011
कोही कोही आएको छैन ऐलेसम्म
वीरभद्र कार्कीढोली
आत्मीयताको
अँगालो लिएर अँगाल्न
अहँ! कोही
कोही आएकै छोन। ऐलेसम्म
प्रेमका एक थुङ्गा फूल!
दिनु पनि कोही आएको छैन।
जाड़ोले थर्थराइरहेका छ!
जाडोले बजिरहेको दाँतको आवाज
कसले बुझ्ने, बिरानो भीडमा
थुक्नु हुने थिएन तर
क्रोधले जाडो नामको अनुहारमा
हुन त अति डाडो मानिरहेको तिम्रो
दुब्लो - पात्लो शरीरमा
म भित्रको गंजी उतारेर ओढाउन
सक्नुपर्थ्यो।
मैले
के सोचें होला,
शीतहरू, तुषारोहरूले!
त्यति बेला
फुलोस् भनेरै रोपेको हुँ।
उचित याममा रोपिने छु।
उर्वर उर्वर माटो नभएको होइन।
प्रशस्त मसित
एक छिटा पानी पर्खिनुपर्ने
ठाउँमा रोपेछु। उफ!
एकैनाशको जाडो नआउंदो रहेछ। सालैपिछे
त्यै याममा त्यसरी हिउँ!
नखस्दो रहेछ। सालैपिछे।
यो साल, हिउँ!
नखसी आरू फुल्न थाल्यो।
जाडो, यामको अवस्था सम्झिएर
काम्दै सम्झिरहेछु। तिम्रो
कम्जोरीलाई पनि
आरू फुलोको देखेर यस्तो लाग्छ,
प्रेम। त्यस्तरी नगर्नुपर्ने सबैमा
किनकि, जुरेली डाँडाको जुरेली चउरमा
अँगालो लिएर अँगाल्न
कोही कोही आएको छैन। ऐलेसम्म
यी डाँडा पाखा नै फूल फुल्ने पाखा
डाँडा हुन्
प्रेमको एक थुंङ्गा फूल दिन
कोही कोही आएको छैन। ऐलेसम्म...
(जून 2011)
तिम्रा हिजहरूका वर्तमान
भूपेन्द्र अधिकारी
तिम्रा
सुनौला हिजहरू
तिम्रा मात्रै भएर बाँचेका वर्तमानहरू
आज हुन सकेनन्
तिमी आफैले
आफ्नै पैतालाले कुल्चिएर
तिम्रो वर्तमानको
निर्मम हत्या गऱ्यौ
तिम्रा सबै आजहरू
नदीको बगरै - बगर लम्तन्न लम्पसार भएर
आकाशको बाक्लो चिसो च्यादर ओढेर
निर्धक्क निदाए
तिम्रा सबै आशा बोकेका आजहरू
सल्लाघारीमा भस्मे फाँडेर
हाँगा - हाँगामा नानीका थाङ्ना भोटाहरू
लहरै सुकाएर
तिम्रो वर्तमान बेपत्ता भयो
तिम्रो वर्तमान भविष्य खोज्दै
त्यतै कतै निस्सासिएर/मुर्छित
भएर
दानमा पाएको औशधीका
दुइ दाना गोलीहरूमा निको भयो
तिम्रा राता कौडे भालेहरूले
सधैं झैं तिम्रो आगनमा
बिहानी बोलाएन
तल्लाघरे माइलाको आगनमा
थुप्रै - थुप्रै फुलबट्टे चल्ला चर्दथे
माउसित
तिम्रो घरको दलानमा भाले पोथी गौंथलीले
यस वर्ष गुँड़ लगाएन
खलेगरामा तिम्रा दाहानले सधैँ
काँधमा बोकिल्याएको धानका बिटाहरू
यस वर्ष खई कुनुउ देखा परेन
माथिल्लो घरको राई बुढाले
हाम्रो पनि उज्यालो भोलि ल्याइदिनू है भनेको
मलाई हिजैजस्तो लाग्छ
तर तिनका हिजहरू आज भएनन्
तिम्रा वर्तमानहरू भविष्य बनिएनन्
मुर्दा सुत्यो तिम्रा इच्छा - आकाङ्क्षाहरू
तिमी तिमीहरू मिलेर
आ - आफ्ना मरेका हिजहरूका
सधैँ उठेर मलामी गयौ
अनि साँझ फेरि मर्न लागेको
भोलिको अर्धमृत शरीर रुँघेर
लाम लाग्यौ
दक्षिण बग्ने नदीको बगरै - बगर
adhikari.ddn@gmail.com,
mobile 09807273741
(मई 2011)
बालुवामाथि
डा. बैद्यनाथ उपाध्याय
पहाडमा हिउँजमेसरी
जमेको छ दु:ख।
मेरो आशाको सूर्य
भर्खरै डुबेको छ
क्षितिजपारी
छाएको छ निस्पट्ट अँध्यारो...
चारैतिर
धडकिरहेछन् छातीमा
महाकालका गतिहरू
छानामाथिबाट सर्र सर्र
लम्कँदै छ
युग
विनाशको हुरी चलेको
मेरो समयमा
संत्रस्त छु
कसरी बाँच्लान्
यी पदचिह्नहरू
बालुवामाथि।।
शब्ददाह
सञ्जय बान्त्वा
कविताको
मूल चोकमा
वैरागी काईँलाको
'वसीयत'
जस्तै
एक जोर चश्मा
अनि मफ्लर जस्तै
आँखाहरू उभिरहन्छन्
फर्केर मपट्टि।
गलाभित्र चिसा गीतहरू छन्,
ईश्वरवल्लभका सारा रातझै।
मलाई हेरेर उभिरहन्छन् ती
गलाबाहिरका ठन्डा
सिरेटोझैं।
चोकमा, हाट - बजारमा
ती एक जोर नयन सधैँपछि -
पछि आइरहन्छन्
बिर्सन नसकेको एउटा गीतझैं
सम्झन खोजिरहेको मिठो
कविताझैं।
मलाई माया गर्नलाई नै अरे
उसले वसीयत आफै च्याती
आफ्नो यौवनको;
कविताको मेरो साझा पुस्तक
पसलअघि
उनी सधैँ मलाई पर्खिन्छिन्
त्यही पर्खिरहन्छिन्।
हिज सोधैँ मैले उसकी
साथीलाई
कि साँच्चै उसले मलाई कति
माया गरेकी छिन्।
वैरागी काईँलाको चश्मा
जस्तो
बाक्लो निश्वास छोडेर भनिन्
-
तपाईंले नपढेर उसको यौवनको
वसीयत
त्यो वसीयतभित्रका
अक्षरहरू,
उभित्रका कुमारीहरूले
अचेत आत्मदाह गर्नथालेका
छन्।
उङिरहें म आफैपट्टि फर्किएर
अझै भनिराखेर गइन् उनी -
'बुझ्नुभयो
दाजु।
तपाईंकै शब्दका आगोहरू।'
(शब्ददाह
बाट, 2002)
फरवरी 2011
अर्चना
सन्तोष आले
तिम्रो
चोखो प्रेम - जलले
मनको तृष्णा मेटाएको छु
तिम्रो दिव्य सौन्दर्यले
मेरो संसार सजाएको छु।
प्रेमको झरी बर्सिरहनू तिमी
आनन्द मानेर भिजिरहन्छु म
पूर्णेको जून हाँसिरहनू तिमी
जुनेली पिएर झुमिरहन्छु म।
पतझड़ग्रस्त रुग्ण याममा
वासन्ती न्यानो भइदिनू तिमी
रित्तो मनको आकाशमा
शारदीय गौंथली उड़िदिनू तिमी।।